SSI SSI
SSI SSI

एनआरएनए नेपाली  विज्ञान तथा प्रविधि पुरस्कारद्वारा डा राजु अधिकारी सम्मानित  


सिड्नी ।  अष्ट्रेलियाको मेलबर्नलाई आफ्नो कर्मथलो बनाउदै आएका वैज्ञानिक डा राजु अधिकारीलाई  गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारबाट सम्मानित गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा  स्थापित सो पुरष्कारबाट सम्मानित  हुने डा अधिकारी पहिलो गैरआवासीय नेपाली  हुन् । नास्टद्वारा यहि डिसेम्बर ६ तारिख बुधबार काठमाण्डौमा आयोजित एक समारोहमा प्रधानमन्त्री  पुष्पकमल दाहालले सो पुरस्कार प्रदान गरे । 


स्वदेश तथा विदेशमा विज्ञान तथा  प्रविधिको विकासमा निरन्तर लागि  सीप,ज्ञान र नवप्रवर्तन कार्यमा संलग्न भई पुर्याएको योगदानको कदर गर्दै उनलाई उक्त पुरस्कारबाट  सम्मान गरिएको हो । गैरआवासीय नेपाली संघका सीप, ज्ञान तथा नव प्रवर्तन विभागका पुर्व संयोजक समेत डा अधिकारीले स्वास्थ्य, कृषि, विद्युत प्रवाहकीय, इीभ्म् खाद्य पदार्थ आदिमा आवश्यक पर्ने नविन प्रकारका वातावरणमैत्री प्लास्टिक पदार्थहरुको विकास गरी पेटेन्ट तथा वैज्ञानिक प्रकाशनद्वारा नविन प्रविधि विकास गर्नुका साथै विदेशमा रही नेपाल साइन्स फाउन्डेशन ट्रष्ट लगायतका संस्था मार्फत संसारभरका वैज्ञानिक समुदायलाई नेपालका विश्व विद्यालय तथा प्रज्ञा प्रतिस्ठान र अनुसन्धान केन्द्रहरुसंग जोडेर नेपालको विज्ञान तथा प्रविधिको विकासमा  मुख्य योगदान पुर्याउदै आएका छन् । 


डा अधिकारीका २६ ओटा पेटेन्टहरु दर्ता छन् । एक सय भन्दा बढी अनुसन्धानात्मक सामाग्री प्रकाशित छन् । उनले विकास गरेको पोलिमर  मुटुको भल्भमा पनि परीक्षण गरिएको छ । अधिकारीले सन् १९८७ देखि १९९१ सम्म तत्कालिन शाही नेपाल विज्ञान तथा प्रविधि प्रतिस्ठान (नाष्ट) को केन्द्रीय अनुसन्धान प्रयोगशालाको पहिलो प्रमुखको रुपमा पनि जिम्मेवारी निर्बाह गरेका थिए ।  गैरआवासीय नेपाली संघले प्रवासमा रहेका वैज्ञानिक प्रतिभाहरुको सीप र क्षमता नेपालको विकासमा उपयोग गर्ने उद्देश्यले सन्   1997 मा  सीप, ज्ञान तथा नव प्रवर्तन (SKI)  कमिटि गठन गरेको थियो ।


अष्ट्रेलियाको  सीएसआइआरओ  र RMIT विश्वविद्यालय प्रमुख अनुसन्धान वैज्ञानिकको  रुपमा कार्यरत अधिकारी को घर दाङको  देउखुरी मुसुरिया हो । 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्