SSI SSI
SSI SSI

 एनआरएनए अष्ट्रेलियाको प्रवक्तामा बबिन मिश्र 


सिड्नी । गैर आवासिय नेपालि संघ अष्ट्रेलियाले आफ्नो कार्यसमितिलाई पूर्णता दिएको छ। संघको नोभेम्बर १९ तारिख बसेको बैठकले खालि रहेको विभिन्न पद तथा सल्लाहकारहरुमा मनोनयन गरेको महासचिब सन्तोष कुवरले नेपाल न्यूजलाई बताए । अनका अनुसार सस्थाको प्रवक्तामा मेलबर्न निवासी बबिन मिश्रलाई प्रवक्ताको जिम्मेवारी तोकिएको छ भने पब्लिक अफिसरमा क्विन्सल्याण्डका अतुल खड्कालाई तोकिएको छ ।  त्यसैगरी एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय कार्यसमितिमा रिक्त रहेको तीन जना सदस्यहरुमा एनएसडब्लु राज्यबाट सत्यप्रकास कंडेल र सूर्यभक्त खनाललाई मनोनयन गरिएको छ भने एसीटीबाट गणेश खरेललाई मनोनयन गरिएको छ । 


एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलको अध्यक्षता बसेको सो बैठकले सस्थाको विधानको २५.२  अनुसार विभिन्न राज्यबाट २५ जनालाई सल्लाहकारमा मनोनित गरेको छ । मनोनित हुनेहरुमा  एसिटिबाट अशोक बस्नेत ,आदर्शजंग पाण्डे ,यज्ञ अधिकारी ,र युवराज खनियाँ , एन एस डब्लु राज्यबाट बुद्धि दल्लाकोटी ,सन्ध्या शाह ,देब बहादुर गुरुङ ,डिला खरेल ,प्रविन कंडेल ,राम दल्लाकोटी ,हरिभक्त अधिकारि ,प्रतिज्ञा अधिकारी र हेमन्तराज काफ्ले छन् । त्यसैगरी नर्दन टेरिटोरी बाट सुयाना श्रेष्ठ ,क्विन्सल्याण्ड राज्यबाट राजु ढकाल र जी राज थापा ,साउथ अष्ट्रेलियाबाट राज्यलक्ष्मी सापकोटा र यादब बस्याल ,तास्मानियाबाट  रेवन्त बस्नेत ,भिक्टोरिया राज्यबाट  सुनिल मैनाली ,दिनेश बन्जरा र शंकर धरेल चयन भएका छन् भने वेस्टेर्न अष्ट्रेलियाबाट सुसान्त सुबेदी ,आशिस अधिकारी र दीपक पराजुली लाई सल्लाहकारमा मनोनयन गरिएको छ । 
त्यसैगरी बैठकले विभिन्न टास्कफोर्सको संयोजक तोकेको छ । जस अनुसार पाथिभरा श्रदाश्रम च्यारिटी म्यानेजमेन्टको संयोजकमा भवानी ओली ,वाक फर कम्युनिटी सेन्टर को संयोजकमा रामजी बस्नेत ,नेपाली भाषा र साहित्य संयोजकमा केशबराज शर्मा ,हेल्प डेस्क कमिटि संयोजकमा धुर्ब पोखरेल ,अष्ट्रेलिया नेपाल बिजनेस कमिटि संयोजकमा सुजन अधिकारी ,मेन्टल हेल्थ सचेतना कार्यक्रम तथा ब्यबस्थापन संयोजकमा देबेन्द्र सापकोटा , खेलकुद संयोजकमा एसबन्त सुबेदीलाई चयन गरिएको छ । 
त्यस्तै नेपाली पाठशाला कमिटि संयोजकमा बिष्णु प्रसाद घिमिरे ,ट्राभल एण्ड टुरिजम को संयोजकमा हेउपति गुरुङ ,एसकेआई कमिटि संयोजकमा रहिन्द्र श्रेष्ठ ,कलेक्टिभ ईन्भेष्ट्मेण्टमा अमित पौडेल ,च्यारिटी एण्ड म्यानेजमेन्ट कमिटीमा मंजु खड्का कम्युनिटी दूताबास र कन्सुलेट प्रमोसन कमिटीमा रञ्जन ढुंगेल, मेडिया एण्ड पब्लिकेसन कमिटि संयोजकमा गणेश भट्टलाई जिम्मेवारी दिईएको छ । त्यस्तै सस्कृति प्रबर्धन कमिटीमा राम कंडेल ,बिद्यार्थी सहायता कमिटीमा बद्रि भुर्तेललाई संयोजकको जिम्मेवारी  दिईएको छ ।  

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्