SSI SSI
SSI SSI

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद  तिमल्सिनासंग अन्तरक्रिया कार्यक्रम गर्यो 


सिड्नी । नेपालको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद  तिमल्सिनाको नेतृत्वमा अष्ट्रेलिया भ्रमणमा रहेको  टिमसँग प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले यहि नोभेम्बर २८ तारिख मंगलबार साँझ सिड्नीको मेरिल्याण्ड्स स्थित बार्दली फंसन सेन्टरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।  सिड्नीमा रहेका नेपाली सामाजिक सस्थाका प्रतिनिधि एबम् ब्यबसायीहरुको उल्लेख्य सहभागिता रहेको सो अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमल्सिनाले बिदेशमा रहेका नेपालीहरुले आफुले सिकेको ज्ञान र सीप अनि प्रबिधिलाई नेपालमा भित्र्याएर नेपालको आर्थिक तथा सामाजिक बिकासमा योगदान पुर्याउनु पर्ने बताए । उनले देशमा लगानीको बातावरण बन्दै गएको र निर्धक्कका साथ आर्थिक लगानी गर्न ब्यबसायीहरुलाई आग्रह गरे ।

अध्यक्ष  तिमल्सिनाले प्रवासमा रहेका नेपालीहरुको साझा सस्थाको रुपमा रहेको एनआरएनए लाई राजनीति भन्दा पर राख्नु पर्नेमा जोड दिदै सामाजिक सस्थाहरुलाई दुख सुखको साथि बनाउन सक्नुपर्ने बताए । अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेलले आर्थिक तथा कर्मचारीको अभावका कारण राजदुताबासले प्रभावकारी रुपमा काम गर्न नसकेको बताए । 


प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष केशब जोशीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल ,बाग्मती प्रदेशका उप सभामुख अप्सरा चापागाई खत्री ,मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी राष्ट्रिय समाबेसी आयोगका सदस्य पुष्पराज तिमिल्सिना ,प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटिका उपाध्यक्ष रमेश पाण्डे ,प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटिका सल्लाहकार भवानी ओली ,एनआरएनएका उपाध्यक्ष बिनोद श्रेष्ठ ,सचिब ज्ञानेन्द्र रेग्मी ,एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल ,जनसम्पर्क समितिका महासचिब रोहित खड्का ,एञ्जाका अध्यक्ष चिरिन्जीवी देबकोटा लगायतका बक्ताहरुले आ आफ्नो मन्तब्य राखेका थिए । 


 आयोजक सस्थाका सचिब प्रकास पन्थीले सो कार्यक्रम संचालन गरेका थिए । 
  अस्ट्रेलियाको वित्तिय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत सातै प्रदेशका सभामुख तथा उप सभामुख सहितको १२ सदस्यीय उच्चस्तरीय टोली टोली अष्ट्रेलिया आइपुगेको हो । अध्यक्ष गणेशप्रसाद  तिमल्सिना र उनको टोलीले हिजै  न्यू साउथ वेल्स राज्यको संसद भवनमा त्यहाँका सभामुख ग्रेग पिपरसँग भेट गर्यो ।  


 राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले नेतृत्व गरेको  यो  भ्रमण टोलीमा गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल,सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी, कर्णालीका नन्दा गुरुंग, कोशीका सभामुख सिर्जना दनुवार, मधेशका उपसभामुख बबिताकुमारी राउत, लुम्बिनीका उपसभामुख मेनुका खाँड केसी र बागमतिका उपसभामुख अप्सरा चापागाई खत्री सहभागी छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्