SSI SSI
SSI SSI

रुपन्देही सामाजिक सञ्जालको अध्यक्षमा दिवाकर काफ्ले 


सिड्नी । रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको हालै सम्पन्न चौथो  साधारण सभाले सस्थाका उपाध्यक्ष दिवाकर काफ्लेलाई अध्यक्षमा सर्बसम्मतिले चयन गरेक छ । 
सिड्नीको रक्डेलस्थित झरना फंसन सेन्टरमा यहि नोभेम्बर २५ तारिख शनिबार सम्पन्न साधारले  सभामा काफ्लेको नेतृत्वमा नया कार्यसमितिको उपाध्यक्षमा रंजिता भण्डारी,महासचिवमा सूचना पान्डेय, सचिवमा कमल चापागाइ र कोषाध्यक्षमा प्रदिप पन्थी लाई चयन गर्यो । त्यसैगरी कार्यसमिति सदस्यहरुमा घनश्याम पाण्डे,पदम अधिकारी, योगेश पराजुली, सुनिता न्यौपाने ,राजु खनाल,झ्यागंजी खरेल ,संयोग गौतम ,रे खरेल ,श्रृजना खड्का ,शंकर शर्मा र बसन्त भण्डारीलाई चयन गरेको सो सस्थाले जनाएको छ । 


अधिबेशनले संस्थाको बिधान अनुसार कार्यसमितिको  पव्लिक रिलेशन आफिसरमा राजन खड्कालाई जिम्मेवारी तोकिएको छ भने  महिला संयोजकमा गायत्री पौडेल,साँस्कृतिक संयोजकमा प्रदिप खनाल, परियोजना संयोजकमा कमल भण्डारी ,प्रविधि संयोजकमा सरोज पाण्डे, खेलकुद संयोजकमा सरोज पाठकलाई  तोकिएको   छ ।  संस्थाको पुर्व अध्यक्षहरु राज खनाल, कृष्ण गैरे, इश्वर पोखरेल र मुक्तिराम पोख्रेललाई संरक्षकको भूमिकामा राखिएको छ ।   त्यस्तै सल्लाहकारहरुमा डा. प्रकाश पौडेल ,रोशन कोइराला, टि एन अर्याल,शुशील नेपाल ,,राम चालीसे, चुन्ना क्षेत्री, प्रमोद कार्की र  चुन्ना क्षेत्रीलाई सस्थाको सल्लाहकारमा चयन गरिएको छ । 
साधारण सभामा शुभकामना मन्तब्य राख्दै अष्ट्रेलियाका लागी नेपालका राजदुत कैलाशराज पोखरेलले नेपाललाई दुख पर्दा यहाका नेपाली सामाजिक सस्थाहरु सहयोगी भावना र हातका साथ जुरुक्क उठ्ने गरेको आफुले पाएको बताए ।  उनले हामि जहा जसरि रहेपनि हाम्रो गर्विलो नेपाली शान र पहिचानलाई उच्च राख्ने कार्यमा सामाजिक सस्थाहरु क्रियासिल हुनुपर्नेमा जोड दिए । कार्यक्रममा फेन्काका उपाध्यक्ष मधु पुडासैनी ,एनआरएनएका सचिब ज्ञानेन्द्र रेग्मी ,एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल लगायतका बक्ताहरुले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । 
नेपाल न्यूजसंग कुरा गर्दै सस्थाका अध्यक्ष दिवाकर काफ्लेले सस्थाले लिएको उद्देस्य प्राप्तिको लागि समाजका सबै तह र पक्षलाई समेटेर अगाडी बढ्न आफुले ईमान्दार प्रयास गर्ने बताए । उनले आफ्नो कार्यकालमा सस्थाको साख लाई उच्च  बनाउने खालका कार्यक्रम गरिने उल्लेख गरे । 
कार्यक्रममा एनआरएनएका उपाध्यक्ष बिनोद श्रेष्ठ , समाजसेवी नारायण प्रधान, प्रवासी नेपाली मन्च अन्तराष्ट्रीय कमिटिका उपाध्यक्ष रमेश पाण्डे, सदस्य विजय फुयाल, प्रवासी नेपाली मन्च अष्ट्रेलियाका अध्यक्ष केशव जोशी लगायत विभिन्न सामाजिक सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।   


 रुपन्देही जिलाबाट अध्यन ,रोजगार तथा ब्यबसायका लागि सिड्नी आएका एकीकृत गरि जिल्लाको स्वास्थ्य ,शिक्षा एबम सामाजिक र कल्याणकारी कार्य गर्ने उद्देस्य राखेर सन् २०१५ सालमा स्थापना गरिएको यो सस्थाले जिल्लामा विभिन्न सामाजिक र कल्याणकारी कार्य गर्दै आएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०६:००
प्रतिक्रिया दिनुहोस्