SSI SSI
SSI SSI

निर्वाचनले खलवल्याएको  हाम्रो  एकता 


दशै, तिहार, छठ र नेपाल संम्वत जस्ता पवित्र चाडपर्वहरू भर्खरै सकिएका छन । तर  यस्पाली  कसैलाइ शुभकामना  लेखिएन । निर्वाचनमा सघाएकोमा  धन्यवाद भन्नैपर्ने मित्रहरूलाइ पनि फोन गर्न सकिएन ।  गैर आवासिय नेपाली संघको निर्वाचन पछि एनआरएनहरूवीच देखिएको असहज परिस्थितीले यो अवस्था सिर्जना गरेको हो ।  निर्वाचनमा आम मतदाताहरूले बिश्वास गरेर दिएको मतवाटै निर्वाचित भइएको हो । तर पनि निर्वाचित हुनुमा गर्व गर्न सकिएन । संगै मित्रवत प्रतिस्पर्धामा रहेको साथिले धादली भयो भनिरहेको छ । संगैको साथिले  नभएको धादलीको आरोप लगाएर विरोध गर्दा  के भनेर उत्तर दिनु ? राष्ट्रकाे समृध्दीका लागि भनेर गरिएको सामाजिक अभियानमा पनि यसरी अनावश्यक बिरोधका स्वरहरू निस्किदा के भनेर  कसरी गर्व गर्नु ? 
निर्वाचनका कारण हामिविच खलवलिएको एकताले आज अत्यन्त लज्जा  बोध भएको छ र कर्मभुमी फर्केर मतदाताहरूसंग सम्पर्क गर्न पनि गाह्रो भएको अवस्था छ ।   


मित्रहरूले धाँदलीको आरोप लगाएर समानान्तर कमिटी बनाउने प्रयास गरिराख्नु भएको छ । आखिर त्यस्तो कुनै आर्थिक लाभको पद भए पनि  धाँदली गर्यो होला भनेर बिश्वास गर्ने ठाउँ हुन्थ्यो । त्यसमा  पनि  उपविजेता मित्रहरूकै नेत्रित्वमा चयन  गरिएको कम्पनीले गरेक अनलाइन निर्वाचन ।  कमि कमजोरी हुदै भएका छैनन भन्ने होइन । सुधार्नुपर्ने धेरै ठाउँहरू होलान । तर निर्वाचनको परिणामलाइ  उल्ट्याउने  दुश्साहस कसैले पनि गर्न सक्ने आवस्था थिएन । "निर्वाचन गराउने कम्पनीसंग मिलेत सकिहाल्यो नि" ,  धेरै मित्रहरूले यसरी नै शंका व्यक्त गरि रहेकाछन । तर म भन्छुः  एउटा  प्रतिष्ठित अन्तराष्ट्रिय कम्पनीले जानीजानी आफ्नो प्रतिष्ठालाइ दाउमा राखेर एउटा सानो चुनावको लागि  गैर कानुनी काम कसरी गर्न सक्छ ? 
नेपाल र विदेश भनेर दुइ थरि अनलाइन गर्नै हुदैनथ्यो । जति बढी प्रविधी त्यती बढी त्रुटी । त्यसमा पनि अन्तिम अवस्थामा आएर काम गर्ने हाम्रो वानी । पुनः जाँच गर्नलाइ आवश्यक समय नदिएको कारण त्रुटी भएको भनेर भेरो कम्पनीले भनेको छ ।  तर यस्को निस्पक्ष छानविनको जिम्मा अन्तराष्ट्रिय  स्वतन्त्र आइटी बिज्ञहरू टोलीलाइ दिउँ  र हाम्रो एकता लाइ वचाउ भन्दा पनि उपविजेता मित्रहरूले किन आफ्नै डम्फु वजाइ रहनु भएको छ ? 
खासमा कुरा के हो भन्दा  हामिले निर्वाचनमा अनावश्यक खर्च गर्यौ । मेरो पार्टीको समर्थकहरू यती धेरै भैसके पछि मैले नजित्नुको के कारण छ र ? भनेर अति नै भ्रममा वस्यौ । तर  बर्षभरी हामी गैर आवासिय नेपाली अभियानलाइ गैर राजनैतिक, गैर जातिय र राष्ट्रियता र राष्ट्रिय समृध्दीको अभियान भनेर व्याख्या गर्दै हिड्छौ ।  तर निर्वाचनमा भने राजनैतीको खोल ओडेर आस्थाका आधारमा मत माग्ने प्रयास गर्छौ। यो कसरी संम्भव छ ? 
डेलिगेट्सहरूले यसपाली मात्र होइन, इतिहास पल्टाएर समिक्षा गर्दा हामी देख्छौः  सधै भरि संस्थामा चर्को राजनितीका कुरा गर्ने लाइ राजनैतिक पार्टीमै रहेर  काम गर्नको लागि निर्देशन दिएका छन । यसपाली  पनि भएको त्यहि नै हो। 
हो, निश्चित रूपमा केहि असल, इमान्दार र संस्थामा समर्पित  मित्रहरू पनि यो निर्वाचनमा उपविजेता बन्नु भएको छ । तर ती मित्रहरू आत्तिएका छैनन । उहाँहरूले हार जीतलाइ सामान्य लिएका छन ।  अवसर मिले भविश्यमा यो अभियानमा  पुनः सक्रिय हुने प्रण पनि गरेका छन । म ती सवै उपविजेता मित्रहरूको भावनाको उच्च कदर गर्दै उहाँहरूलाइ हार्दिक बधाइ व्यक्त गर्दछु र उहाँहरूलाइ यो निर्वाचन लाइ केवल दुइ  बर्षका लागि जिम्मेवारी बाँडफाडको एक सामान्य प्रक्रियाको रूपमा लिन आग्रह गर्न चाहन्छु।  साथै निर्वाचित मित्रहरूलाइ पनि सवै एनआरएनहरू एक भए मात्र हामी लक्षमा पुग्न सक्छौ भन्ने कुरा नभुल्नको लागि अह्वान गर्न चाहन्छु । संयम भएर उपविजेता मित्रहरूले सम्मानित महशुस गर्ने वातावरण  तयार पार्नका लागि हामीहरूले हर संम्भव प्रयाश गर्नु पर्दछ । साथै हामिले हाम्रा दुइ वर्षे योजनाहरूलाइ तुरून्त अघि बढाउदै पनि लैजानु पर्दछ। अरूलाइ देखाउन हामीले पद पाएका होइनौ । काम गर्नको लागि डेलिगेट्स मित्रहरूले यो दुइ बर्षमा नेतृत्वको  जिम्मेवारी दिएका हुन । 
सचिव 

गैर आवासिय नेपाली संघ , 
अन्तराष्ट्रिय समन्वय समिती
 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्