SSI SSI
SSI SSI

दधिराज सुवेदी पुरस्कार श्रेष्ठ र झालाई प्रदान गरिने

 

काठमाण्डौ ।  दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रत्येक वर्ष प्रदान गरिने‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य  पुरस्कार २०८०’ वरिष्ठ कथाकार तथा आख्यानकार  भागिरथी श्रेष्ठलाई र यसैगरी  दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार२०८०  वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने भएको छ ।

 प्रतिष्ठानले  प्रत्येक वर्ष प्रदान गर्ने दुवै पुरस्कारको राशि रु क्रमशः  ५१०००(एकाउन्न हजार) र २५००० / ( पचिसहजार )रहेको छ । नेपाली  साहित्यको  आख्यान विधामा पाँच दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि साहित्यकार श्रेष्ठलाई र पत्रकारिताको क्षेत्रमा चारदशकभन्दा बढी समयदेखि दिएको  योगदानका लागि वरिष्ठ पत्रकार झालाई उक्त पुरस्कार  प्रदान गर्ने निर्णय गरिएको हो । प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले उक्त निर्णय गरेको हो ।

यस अघि भाषा साहित्य पुरस्कारबाट, साहित्यकारहरू प्रा .डा . गोविन्दराज भट्टराई, प्रा.डा.अभि सुवेदी, प्रा.डा.माधवप्रसाद पोखरेल,डा .विष्णुविभु घिमिरे, एस्पी कोइराला  प्रा.डा. चूडामणि बन्धु र सनत रेग्मीलाई र पत्रकारिता पुरस्कार पत्रकारहरू हरिबहादुर थापा, शिववहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल भूषण दाहाल र अनन्तराज न्यौपानेलाई प्रदान गरिएको थियो ।

समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको पन्ध्र लाख रुपैयाँको अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष यो पुरस्कार २०७३ सालदेखि नियमित प्रदान गरिंदै आएको छ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोद्वारा जारी विज्ञप्तिका अनुसार यस वर्षको यी पुरस्कारहरू यही  मंसिर ३० गते विशेष समारोहकोबीच  विराटनगरमा प्रदान गरिने छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्