SSI SSI
SSI SSI

कालापानीमा बंसजको नागरिकता बारेमा बहस सम्पन्न 


सिड्नी । प्रवासी नेपाली एकता समाज अस्ट्रेलिया र ओसीनियाद्वारा आयोजनमा साताब्यापी अष्ट्रेलिया भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका  महामन्त्री एबं सांसद धवल सम्शेर राणा  र अष्ट्रेलियाको सिड्नीमामा रहेका नेपाली समुदायका अगुवा एबं संघ सस्थाका प्रतिनिधिहरुबीच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । 

सिड्नीको साउथ वेष्टको ईङ्गलबनमा अवस्थित कालापानी नेप्लिज रेस्टुरेन्टमा यहि नोभेम्बर १८ तारिख शनिबार साँझ आयोजित अन्तरक्रिया कार्यक्रममा महामन्त्री राणाले नेपालमा सनातन हिन्दुराष्ट्रको पुनर्स्थापना, संबैधानिक राजसस्था र दिगो प्रजातन्त्रको स्थापना गर्न संसददेखी सडकसम्मै संघर्ष थालिने बताए । उनले देश र जनाताको दीर्घकालीन हित र बिकासको लागी गणतन्त्रको औचित्य सकिएको बताउदै  प्रजातन्त्र, संवैधानिक राजसस्था, राष्ट्रवाद र आर्थिक उदारवादको सबालमा राप्रपाले लिएको नीति र सिद्धान्तका बारेमा  प्रष्ट पारे ।


एक पटकको नेपाली सधैको नेपालीको मान्यता स्थापित गराउन मताधिकारसहितको एनआरएन नागरिकताको पक्षमा कानुन संशोधनमा पहल गर्नेुपर्ने आबाज सहभागीहरूले उठाए । उनीहरुले हामी जहा जसरि रहेपनि नेपाली मन र नेपाली पन लिएर बाचेका छौ त्यसैले बंसजको नागरिकता दिनुपर्ने र त्यसको लागि सम्बद्ध पक्षले स्पष्ट धारणा बनाउनु पर्नेमा जोड दिए । 


प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाका अध्यक्ष रामकृष्ण निरौलाको अध्यक्षतामा सम्पन्न सो  कार्यक्रममा एनआरएनका अध्यक्ष अनिल पोखरेल , पूर्व उपाध्यक्ष देब बहादुर गुरुङ, प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाका अध्यक्ष रामकृष्ण निरौला, अन्तराष्ट्रिय झापाली समाजका उपाध्यक्षभुपाल सिटौला ,साउथ वेस्ट नेप्लिज कम्युनिटीका अध्यक्ष  सुदिप ढकाल ,हरिभक्त अधिकारी ,देबेन्द्र सापकोटा ,ईस्वर कुईकेल स्वीकृती भट्ट ,इश्वर पोखरेल ,दिपक चुडाल ,रुपक चुडाल लगायतको   सहभागिता रहेको थियो । प्रवासी नेपाली एकता समाज न्यू साउथ वेल्स राज्य-संयोजक कल्याणी बर्तौलाले कार्यक्रम संचालन गरेकी थिइन् । 


 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्