SSI SSI
SSI SSI

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरूको  हातबाट तिहारको टीका ग्रहण 

 

काठमाडौँ I राष्ट्रपति रामचन्द्र पौडेलले आज (नोभेम्बर १५ तारिख बुधबार नेपाली समय ) बिहान १० बजेर ५१ मिनेटको शुभसाईतमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन्  ।


 राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार  राष्ट्रपति निवास शीलतनिवासमा आयोजित बिषेश समारोहमा राष्ट्रपति  पौडेलले टीका ग्रहण गरेका हुन् । 
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत  बुधवार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो  । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । भाइटीकाको उत्तम साइत  बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ । 
शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा, सोमबार गाई पूजा, मंगलबार गोवर्द्धन पूजा/ म्ह पूजा गरी तिहार मनाइएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्