SSI SSI
SSI SSI

नेपालीले खेले अष्ट्रेलियाको संसद भवन परिसरमा देउसी भैलो 

सिड्नी ।  नेपालीहरुको दोश्रो महान पर्व तिहारको अवसरमा  अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटिले यहि नोभेम्बर १४ तारिख मंगलबार गोबर्धन पुजाको दिन  क्यानबेरा स्थित संसद भवनमा  देउसी भैलो खेलेको छ ।  सॉंझ ५:०० बजे देखि ६ः३० सम्म खेलिएको सो देउसी भैलोमा अष्ट्रेलियाका लागी नेपाली राजदूत कैलाशराज पोखरेल सहित क्यानबेरामा बसोबास गरेका करिव एक सय जना नेपालीहरुले आफ्नो सहभागिता जनाएका थिए ।  
 
कार्यक्रमका बारेमा नेपाल न्यूजसंग कुरागर्दै एनआरएनए एसीटीका संयोजक बिक्रम सुबेदीले संसद चलिरहेको अवस्थामा पनि नेपाली समुदायलाई महत्व दिएर देउसी भैलो कार्यक्रममा सहभागिता जनाउनु नेपाली समुदायका लागि  खुशीको बिषय बिषय भएको बताए । उनले यो कार्यक्रम मार्फत् हाम्रो मौलिक सस्कृति झल्कने परम्परा र सस्कृति बारे अष्ट्रेलियन सरकार र निती निर्माणको तहमा पुग्ने गरी जानकारी  दिन सकिएको उल्लेख गरे । 
कार्यक्रममा सभामुख मिल्टन डिक  , बिपक्षी दल लिबरल नेशनल कोलिएशनका नेता पिटर डटन ,Minister for Indigenous Affairs  Linda Burney,Shadow minister of multicultural affairs जेसन उड, Asst foreign minister टिम बाट्स लगायतका करिव डेढ दर्जन नेता तथा संसाद हरुले देउसी भैलो मा आफ्नो सहभागिता जनाउदै  क्यानबेराका नेपालीहरूसँग  फोटो शेसन सँगै शुभकामना आदानप्रदान गरे ।  

 उनीहरुले  नेपाली समाज अष्ट्रेलियामा यसरि बढ्दै गएको छ जसले हामीलाइ फरक भाषा र संस्कृति ल्याएको छ यो संस्कृति नयॉं पुस्तालाइ पनि देखाउन जरुरी  रहेको बतॉंउदै  नेपाली समाज मेहनेती र ईमान्दार  रहेको बताए । उनीहरुले नेपाली कला सस्कृती र परम्पराको प्रबर्धन गर्न आफुहरुको सकारात्मक साथ् र सहयोग रहने उल्लेख गरे ।  

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  ०६:०५
प्रतिक्रिया दिनुहोस्