SSI SSI
SSI SSI

 गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रवक्तामा फणिन्द्र पन्त 

सिड्नी । गैरआवासीय नेपाली संघको यहि नोभेम्बर १३ तारिख सोमवार बसेको अन्तराष्ट्रिय परिषदको बैठकले नेदरल्याण्डसका फणिन्द्र पन्तलाई संघको प्रबक्तामा मनोनयन गरेको छ । संघद्वारा जारी विज्ञप्तिका अनुसार   १०० मिलियन तथा फेलेक्सी परियोजनाको प्रमुखमा डा. बद्री केसी, सदस्य सचिवमा टिका गुरुङ, संगठन तथा प्रशासन प्रमुखमा गौरीराज जोशी र सदस्य सचिवमा प्रविण गुरुङ, सोम सापकोटा तोकिएका छन् ।
त्यसैगरी लगानी विभाग प्रमुखमा डा. केशव पौडेल, सदस्यसचिवमा पारसमणी पोखरेललाई चयन गरिएको छ ।  त्यस्तै एनआरएन सामाजिक कल्याण विभाग प्रमुखमा रामशरण सिमखडा, सदस्य सचिवमा स्वतन्त्रप्रताप  शाह ,  महिला विभाग प्रमुखमा रोजिना राई, सदस्य सचिवमा अनुजा प्रधान र युवा विभागको प्रमुखमा रोशन थापा, सदस्य सचिवमा सुपेन्द्र घिसिङलाई जिम्मेवारी तोकिएको छ । सिप तथा प्रविधि विभागिय प्रमुखमा डा. विनोद श्रेष्ठलाई जिम्मेवारी दिइएको छ भने त्यसको सदस्य सचिवमा डा. ज्ञानेन्द्र रेग्मीलाई तोकिएको छ । यस्तै आर्थिक विभागमा सुदन थापा र सदस्य सचिवमा सहकोषाध्यक्षहरु रहने भएका छन् । संघको परोपकार विभागमा संघका उपाध्यक्ष डा. हेमराज शर्मा र सदस्य सचिवमा नवराज रोस्यिारा तोकिएका छन् ।
बैठकले नेपाल प्रर्वधन विभागको प्रमुखमा रविन शेरचन, सदस्य सचिवमा भीम कमल केसी, वैदेशिक रोजगार विभागको प्रमुखमा राज रेग्मी सदस्यसचिवमा मनोज गोर्खालीलाई तोकेको छ ।   
बैठकले संघको ११ महाधिवेसनमा भएको निर्वाचन प्रकृयमा उठेका प्रश्नहरुको निवाकरण गर्न अन्तराष्ट्रिय अडिट कम्पनीलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ । विज्ञप्तिका अनुसार - यसअघि संघको निर्वाचनमा अध्यक्षका प्रत्यासीद्धय आरके शर्मा र महेश श्रेष्ठलाई दुई पटकसम्म छानविनको लागि पत्राचार गरिए पनि हालसम्म प्रतिनिधिहरुको नाम नदिएको हुदाँ थप एक पटक पुनः पत्राचार गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्