SSI SSI
SSI SSI

राजसंस्थाको पुनर्स्थापना नै रास्ट्र र जनताको माग - महामन्त्री राणा 


सिड्नी । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शम्शेर राणाले नेपालको समग्र बिकासको लागि राजसस्थाको स्थापना अपरिहार्य रहेको बताएका छन् । आफ्नो साताव्यापी अष्ट्रेलिया भ्रमणका सिलसिलामा हिजो मेलबर्नमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले गणतन्त्र स्थापनाको नाममा एउटा राजा फालेर धेरै राजा जन्माइएको र यसबाट देश र जनताले कुनै उन्नति र प्रगतिको आभास नपाएको प्रष्ट पारे । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसद समेत रहेका राणाले प्रजातन्त्र, संवैधानिक राजतन्त्र, राष्ट्रवाद र आर्थिक उदारवादको नीति र सिद्धान्तलाई राप्रपाले अगाडि बढाएको प्रष्ट पारे ।

प्रबासी नेपाली एकता समाज, अस्ट्रेलिया र ओसीनिया परिवारद्वारा आयोजित सो अन्तरक्रिया कार्यक्रममा  गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका पूर्व अध्यक्ष टोनु घोताने , भिक्टोरिया  राज्य-संयोजकमणिरत्न सापकोटा , गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य नारायण कटुवाल लगायत नेपाली समुदायका अगुवाहरुको बाक्लो सहभागिता रहेको थियो । 
महामन्त्री राणा प्रबासी नेपाली एकता समाज, अस्ट्रेलियाले सिड्नी र एडिलेडमा गर्ने कार्यक्रममा पनि सहभागी हुने सस्थाका निबर्तमान अध्यक्ष अजय राजबंसीले जनाएका छन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्