SSI SSI
SSI SSI

पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गरिने 


काठमाण्डौ ।  नेपाल सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने भएको छ । नेपाल सरकारको हालै बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।  पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न गैरआवासीय नेपाली संघले सन् २००८ देखि नै  सरकारसँग माग गर्दै आएको  थियो । 
  पोर्चुगलमा दूतावास स्थापनाको निर्णयबाट त्यहाँस्थित करिव २० हजार भन्दा बढी नेपालीहरुले राहत महसुस गरेका छन् । यससँगै दूतावास नहुँदा पोर्चुगलमा रहेका नेपालीहरुले व्यहोर्दै आएको विभिन्न झन्झट समेत अन्त्य हुने विश्वास नेपाल सरकार र  गैर आवासीय नेपालीले लिएका छन् ।
 साथै मन्त्रिपरिषदको बैठकले पोर्चुगलमा स्थापना हुने नेपाली दूतावासमा सनिल नेपाल लाई राजदूतमा सिफारिस गरेको छ । 

यससंगै अब विस्वका ३२ देशमा नेपाली राजदूतावास हुनेछन् । नेपालले १० हजारभन्दा बढी नेपाली रहेको मुलुकमा नेपाली कूटनीतिक नियोगको स्थापना गर्ने निर्णय गरेको थियो । गत भदौं २५ र २६ गते बसेको प्रधानमन्त्रीसहितको बैठकले कुटनीतिक नियोग स्थापना गर्ने निर्णय गरेको थियो । उक्त बैठकले पोर्चुगल, रोमानिया, माल्टा, साईप्रस, क्रोएसिया, माल्दिभ्स, पोल्याण्ड, टर्की लगायतका देशमा तत्काल ड्राई पोस्टिङ गर्ने निर्णय गरेको थियो । त्यसका लागि परराष्ट्र मन्त्रालयले दुई महिनाभित्रमा प्रकृया अगाडि बढाउने निर्णय गरेको थियो । सोही आधारमा मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने निर्णय गरेको हो ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्