SSI SSI
SSI SSI

तिहारको तेस्रो दिन आज गाई तिहार मनाईदै 


काठमाण्डौ ।  कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ। समृध्दिको प्रतिक गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा रहि आएको छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । 
स्थानीय जातका गाईमा हुने जुरोका माध्यमबाट सूर्य र चन्द्रमाबाट ऊर्जा लिएर दिने दूध,गहुँत र गोबरले मानिसमा शक्ति प्राप्तहुने भएकाले गाईको महत्व रहेको विश्वास गरिन्छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो ।  स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको  बताइएको छ ।

गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०८:२०
प्रतिक्रिया दिनुहोस्