SSI SSI
SSI SSI

सिड्नीमा भाइटिकाको उत्तम साइत बिहान ११. १५ बजे 

 

नेपाल न्यूज प्रतिनिधि 
 सिड्नी । नेपाली हिन्दु समाज अष्ट्रेलियाले यस बर्षको भाई टिकाको साइतको समय सार्बजनिक गरेको छ । जस अनुसार- सिड्नीमा  बिहान ११. १५ बजे ,मेलबर्नमा बिहान ११. ३४ बजे ,ब्रिसबेनामा बिहान १०.१५ बजेको समयलाई उत्तम समय मानेको छ । समाजले सार्बजनिक गरेको लक्ष्मी पुजा र भाई टिकाको साइतको तालिका निम्नानुसार छ । 


  त्यसैगरी नेपालमा भने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०:५१ बजे शुभ रहेको जनाएको छ ।
नेपालीको दोस्रो ठूलो पर्व  यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुनेछ । नेपालमा धेरैले मनाउने दसैँ र तिहारलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ । तिहार पाँच दिनसम्म मनाउने गरिन्छ ।
भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहे पनि साइत खोज्नेका लागि १०ः ५१ बजेको साइत जुरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ ।
नेपाल बाहिर बिभिन्न टाउॅंमा बसोबास गर्नु हुने हिन्दु धर्ममा आस्था राख्नेहरूका लागि आ-आफ्नो स्थानीय समय अनुसार परेको कार्तिक शुक्ल द्वितीया तिथिमा भाई- टिका लगाउनेहरुका  लागि अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले छुट्टै आफ्नो साईत सार्बजनिक गरेको छ ।  

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्